दफा २०
कार्यवाहकको व्यवस्था
(१) कुनै प्रमुख पदाधिकारी बिदा बसेकोमा बिदाको अवधिभर वा प्रमुख पदाधिकारीको पद रिक्त हुन आएको अवस्थामा त्यस्तो रिक्त पद पूर्ति नभएसम्मको लागि सम्बन्धित संवैधानिक निकायका वरिष्ठतम पदाधिकारीले कार्यवाहक प्रमुख पदाधिकारी भई काम गर्नेछ ।
तर महालेखापरीक्षकको हकमा सो विभागको वरिष्ठतम उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षक भई काम गर्नेछ ।
(२) उपदफा (१) बमोजिम कार्यवाहक प्रमुख पदाधिकारी भई काम गर्ने व्यक्तिले त्यसरी कार्यवाहक प्रमुख पदाधिकारी भएको अवधिभरको लागि प्रमुख पदाधिकारीले पाए सरह पारिश्रमिक र सुविधा पाउनेछ ।
तर कार्यवाहक प्रमुख पदाधिकारी भएको कारणले मात्र यस ऐन बमोजिम त्यस्तो पदको निवृत्तभरण, उपदान आदि सुविधा पाउने छैन ।